logo
२०८३ अषाढ ८, सोमबार |
📰
🔍

नेप्से १.४६ अंकले घट्यो

प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ८, सोमबार(४९ मिनेट अघि)
नेप्से १.४६ अंकले घट्यो

काठमाडौं, साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४६ अंकले घटेर २७०० अंकमा कायम भएको छ। दिनभर बजारमा सामान्य उतारचढाव देखिए पनि कारोबार रकममा कमी आएको छ।

अघिल्लो कारोबार दिन शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। आज ११६ कम्पनीको शेयर मूल्य बढ्दा १४३ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

समग्र बजार घटे पनि फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। फाइनान्स समूहको सूचक १.०१ प्रतिशतले बढ्दै जेठ २८ यताकै उच्च विन्दु २४९० मा पुगेको छ। यस समूहअन्तर्गत मञ्जुश्री फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ४.७२ प्रतिशतले वृद्धि भएको छ।

फाइनान्सबाहेक माइक्रोफाइनान्स समूह ०.४२ प्रतिशत र व्यापार समूह ०.९२ प्रतिशतले बढेका छन्। यता बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा तथा अन्य समूहका सूचकहरू घटेका छन्।

शुक्रबार मात्रै सूचीकृत भएका टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको शेयर मूल्य सोमबार १५ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको छ। त्यस्तै सोपान फर्मास्युटिकल्सको मूल्य ५.६६ प्रतिशत र एपोलो हाइड्रोपावरको ५.२६ प्रतिशतले वृद्धि भएको छ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भुजुङ हाइड्रोपावरको शेयर मूल्य ३.०४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, स्वाबलम्बन लघुवित्त, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेका छन्।