प्रभातफेरी अनलाइन१४ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ९, मंगलबार(१ दिन अघि)
काठमाडौं, मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै राष्ट्रसेवक कर्मचारीले इमानदारीपूर्वक र जिम्मेवारीसाथ काम गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नव नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृतहरूको ४०औँ आधारभूत प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरे।
उनले पदको गरिमा कायम राख्दै नागरिकप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने उल्लेख गरे। मुख्यसचिव अर्यालले भने, “राज्यको नीति र लक्ष्यअनुसार काम गर्दा कर्मचारीले आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पारदर्शी, जिम्मेवार र सेवामुखी बन्नुपर्छ।”