logo
२०८३ अषाढ १४, आईतबार |
📰
🔍

महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन संसद्मा पेस, सार्वजनिक खरिद संशोधन विधेयक पनि प्रस्तुत

प्रभातफेरी अनलाइन२२ पटक पढिएको प्रकाशित मिति: ३ घण्टा अघि (३ घण्टा अघि)
महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन संसद्मा पेस, सार्वजनिक खरिद संशोधन विधेयक पनि प्रस्तुत

काठमाडौं, महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ।

आइतबार प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त प्रतिवेदन संसद्मा पेस गरेकी हुन्।

यसैगरी प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ पनि प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिन्।