logo
२०८३ आश्विन ५, सोमबार |
📰
🔍

बानेश्वर प्रहरी वृत्तको पुनर्निर्माण सम्पन्न, प्रहरीलाई हस्तान्तरण

प्रभातफेरी अनलाइन७९ पटक पढिएको | २०८३ अषाढ ५, शुक्रबार
बानेश्वर प्रहरी वृत्तको पुनर्निर्माण सम्पन्न, प्रहरीलाई हस्तान्तरण

काठमाडौं, जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको काठमाडौँको नयाँ बानेश्वरस्थित बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि आज एक विशेष कार्यक्रमबीच प्रहरीलाई हस्तान्तरण गरिएको छ।

भवन मर्मत सम्भार तथा पुनर्स्थापना समितिका अनुसार झन्डै १ करोड ५० लाख रुपैयाँको लागतमा भवनको मर्मत र पुनर्स्थापना कार्य सम्पन्न गरिएको हो। पुनर्स्थापित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रतिनिधिसभा सदस्य रन्जु दर्शना, सुनिल केसीसहित उच्च पदस्थ अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।