प्रभातफेरी अनलाइन१२ पटक पढिएको | १ घण्टा अघि
दार्चुला / दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ गाउँपालिका–२ हेकातीकी ४० वर्षीया सरस्वती जोशीको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो।
घरबाट करिब दुई किलोमिटर टाढा रहेको खर फागालामा खर काट्ने क्रममा भिरबाट लडेर जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। जोशी दुहुँस्थित गौरीलमाण्डौँ माध्यमिक विद्यालयमा बाल विकास सहजकर्ताका रूपमा कार्यरत थिइन्।