प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने बैठकमा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठनात्मक विषय तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने बताइएको छ।
यसअघि आइतबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवालीले तयार पारेको तथा एकीकृत गरिएको प्रतिवेदन स्वीकार गरेको थियो।
आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा उक्त प्रतिवेदनसहित पार्टीका समसामयिक राजनीतिक तथा संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ।