logo
२०८३ अषाढ २१, आईतबार |
📰
🔍

जेनजी आन्दोलनका बेला केन्द्रीय कारागारबाट फरार कैदी सर्लाहीबाट पक्राउ

प्रभातफेरी अनलाइन२१ पटक पढिएको प्रकाशित मिति: १२ मिनेट अघि (१२ मिनेट अघि)
जेनजी आन्दोलनका बेला केन्द्रीय कारागारबाट फरार कैदी सर्लाहीबाट पक्राउ

काठमाडौँ, जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित केन्द्रीय कारागारबाट फरार भएका एक जना कैदी सर्लाहीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योन्जन (रमन) रहेका छन्। प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जगन्नाथ देवल (सुन्धारा) स्थित केन्द्रीय कारागारबाट फरार भएका थिए। उनी डाँका चोरी मुद्दामा कारागार चलान भएका व्यक्ति हुन्।

फरार भएपछि उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको थियो। सोही क्रममा उनी सर्लाहीमा लुकीछिपी बसिरहेको अवस्थामा गत शुक्रबार साँझ पक्राउ परेका हुन्।

प्रहरीले पक्राउ परेका योन्जनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय सर्लाहीमा बुझाइएको जनाएको छ।