logo
२०८३ अषाढ २०, शनिबार |
📰
🔍

सरकारले सार्वजनिक गर्‍यो १०० दिनका उपलब्धि, मन्त्रालय घटाएर १८ कायम

प्रभातफेरी अनलाइन१५ पटक पढिएको प्रकाशित मिति: ४ मिनेट अघि (४ मिनेट अघि)
सरकारले सार्वजनिक गर्‍यो १०० दिनका उपलब्धि, मन्त्रालय घटाएर १८ कायम

काठमाडौँ,  प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो पहिलो १०० दिनका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका उपलब्धिहरू सार्वजनिक गरेका हुन्।

सरकारले पहिलो उपलब्धिका रूपमा सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रतिबद्धताअनुसार मन्त्रालयको सङ्ख्या घटाइएको र यसबाट वार्षिक करिब २० अर्ब रुपैयाँ राज्यकोषमा बचत हुने अनुमान गरिएको प्रवक्ता पोखरेलले बताए।

उनका अनुसार विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजनमार्फत सरकारी खर्च कटौती गरी कार्यक्षमता बढाउने प्रयास गरिएको छ। साथै, राजनीतिक दल निकटका ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेजीलगायतका सुधारात्मक कदमले सकारात्मक सन्देश दिएको सरकारको दाबी छ।