logo
२०८३ अषाढ २५, बिहिबार |
📰
🔍

सुन तोलामा २ हजार ४०० र चाँदी १६० रुपैयाँले सस्तो

प्रभातफेरी अनलाइन२४ पटक पढिएको प्रकाशित मिति: १२ घण्टा अघि (१२ घण्टा अघि)
सुन तोलामा २ हजार ४०० र चाँदी १६० रुपैयाँले सस्तो

काठमाडौँ , स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा छापावाल सुन प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १६० रुपैयाँले घटेर ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

बुधबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन ४ हजार ७५ अमेरिकी डलर र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।