प्रभातफेरी अनलाइन२४ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
काठमाडौँ , धितोपत्र बजारमा बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक १९.६७ अंकले घटेर २,६०१.९२ विन्दुमा कायम भएको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४९ अंकले घटेर ४५४.१९ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक १.२१ अंकले घटेर १७८.६८ र सेन्सेटिभ फ्लोट सूचक ०.९२ अंकले घटेर १५३.६७ विन्दुमा झरेको छ।
आज ८७ लाख ५१ हजार ३८० कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ पुगेको छ।
कारोबारमा सहभागी सबै १३ उपसमूहका सूचक घटेका छन्। यस दिन ४२ कम्पनीको शेयर मूल्य बढ्दा २२९ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ।
आज उपकार लघुवित्त वित्तीय संस्था, स्नो रिभर लिमिटेड र कुमारी सबल योजनाका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन् भने बीओके डिबेञ्चर, सल्पा विकास बैंक र थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।