प्रभातफेरी अनलाइन२१ पटक पढिएको प्रकाशित मिति: १२ घण्टा अघि (१२ घण्टा अघि)
काठमाडौँ, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय महिला आयोगका आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को बाध्यकारी श्रम महासन्धि सम्बन्धी प्रस्ताव सदनमा छलफल तथा अनुमोदनका लागि प्रस्तुत गर्नेछन्।
