logo
२०८३ अषाढ ३०, मंगलबार |
📰
🔍

रोटरी क्लब अफ रोटरी धुलिखेलको तर्फबाट काभ्रे जिल्लाका बर्थिङ सेन्टरलाई १० वटा अल्ट्रासाउन्ड मेसिन प्रदान

प्रभातफेरी अनलाइन४ पटक पढिएको प्रकाशित मिति: २१ मिनेट अघि (२१ मिनेट अघि)
रोटरी क्लब अफ रोटरी धुलिखेलको तर्फबाट काभ्रे जिल्लाका बर्थिङ सेन्टरलाई १० वटा अल्ट्रासाउन्ड मेसिन प्रदान

काभ्रे / काभ्रेपलाञ्चोक पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा कार्यक्रममा रोटरी क्लब धुलिखेलले जिल्लाका जनस्वास्थका हिसाबले अतिसंवेदनशिल मानिएका स्वास्थ चौकिलाई अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ ।

अवसरमा रोटरी क्लब अफ धुलिखेल तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय रोटरी क्लबहरूको सहयोगमा जिल्लाका विभिन्न बर्थिङ सेन्टरलाई पोर्टेबल ब्ल्याक एन्ड ह्वाइट अल्ट्रासाउन्ड मेसिन १० थान हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष मोहनकुमार श्रेष्ठले दुर्गम क्षेत्रमा गर्भवती महिलालाई समयमै गुणस्तरीय मातृ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उपकरण उपलब्ध गराइएको बताउनुभएको छ ।