logo
२०८३ अषाढ ३२, बिहिबार |
📰
🔍

उपत्यकामा सक्रिय मनसुन, बबरमहलमा तीन घण्टामै ४९ मिमि वर्षा

प्रभातफेरी अनलाइन२५ पटक पढिएको प्रकाशित मिति: ४९ मिनेट अघि (४९ मिनेट अघि)
उपत्यकामा सक्रिय मनसुन, बबरमहलमा तीन घण्टामै ४९ मिमि वर्षा

काठमाडौँ , काठमाडौं उपत्यकामा परेको अविरल वर्षाका कारण विभिन्न सडक तथा बस्ती जलमग्न भएका छन्।

पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा बबरमहल क्षेत्रमा भएको छ, जहाँ ४९ मिलिमिटर वर्षा रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो एक घण्टामा उपत्यकाको पूर्वी क्षेत्र सुन्दरीजलमा २१ मिलिमिटर वर्षा भएको मौसमविद्ले बताएका छन्।

वर्षापछि माइतीघर मण्डला, न्यू प्लाजा र अनामनगर क्षेत्र डुबानमा परेका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अहिले पनि हल्कादेखि मध्यम वर्षा जारी रहेको छ।

मौसमविद्का अनुसार काठमाडौं, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन अन्य क्षेत्रको तुलनामा बढी सक्रिय रहेको छ।