logo
२०८३ अषाढ ३२, बिहिबार |
📰
🔍

उपराष्ट्रपति यादवद्वारा कतारका अमिरसँग शिष्टाचार भेट, राष्ट्रपतिको समवेदनापत्र हस्तान्तरण

प्रभातफेरी अनलाइन१९ पटक पढिएको प्रकाशित मिति: ९ घण्टा अघि (९ घण्टा अघि)
उपराष्ट्रपति यादवद्वारा कतारका अमिरसँग शिष्टाचार भेट, राष्ट्रपतिको समवेदनापत्र हस्तान्तरण

काठमाडाैं, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतार भ्रमणका क्रममा दोहास्थित लुसाइल दरबारमा कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

उपराष्ट्रपतिको कार्यालयका अनुसार उक्त भेटका क्रममा उपराष्ट्रपति यादवले कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट श्रद्धाञ्जलि तथा गहिरो समवेदना व्यक्त गरेका हुन्।

उनले अमिर शेख तमिम, शाही परिवार तथा कतारी जनताप्रति दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि व्यक्त गरे।

भेटका अवसरमा उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट पठाइएको शोक तथा समवेदनापत्र अमिर शेख तमिमलाई हस्तान्तरण गरेका थिए। भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलका सदस्य तथा कतारका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।