प्रभातफेरी अनलाइन३५ पटक पढिएको | २०८३ श्रावण ४, सोमबार
काठमाडौं, म्याग्दीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २२ वर्षीय एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ देविस्थान पन्थुक निवासी बिकल विक रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नाबालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी मुनाताकबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।