logo
२०८३ श्रावण २२, शुक्रबार |
📰
🔍

ग्यासका लागि जनता लाइनमा, मलाई आफ्नै पुरानो भाषण सम्झिँदा लाज लाग्छ’ – रमेश प्रसाई

प्रभातफेरी अनलाइन३ पटक पढिएको | १ घण्टा अघि
ग्यासका लागि जनता लाइनमा, मलाई आफ्नै पुरानो भाषण सम्झिँदा लाज लाग्छ’ – रमेश प्रसाई

काठमाडौ / सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईले सरकारको चर्को आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले आफ्नो पूरानो भाषण सम्झिँदा अहिले लाज लागेको बताउनुभएको छ ।

चुनाव अगाडी ‘सरकारी कार्यालयहरुमा त्यत्रो लाइन, रास्वपाको पालामा अन्ली अनलाइन’ भनेर भोट मागेको सम्झिँदै अहिले जताततै लाइन नै लाइन लागेको बताएका छन ।

त्यतिबेलाको भाषण सम्झिँदा अहिले लाज लाग्ने बताउँदै उनले भने,‘‘आज भात पकाउने ग्यासका लागि जनता दिनभरी, रातभरि, मध्यरातस्मम लाइन बसेका दृष्यले मलाई त साँच्चिकै लाज लागेको छ।’

उहाँले प्रधानमन्त्री र मन्त्रीहरुका क्वार्टरमा अहिले ग्यासको अभाव छ कि छैन भनेर प्रश्न गरे। उहाँले सरकारले भनेजस्तै ग्यास को आपूर्ती भए कालोबजारी गर्नेहरुलाई कारबाही गर्न माग गरे। उहाँले भन्नु भयि ‘ग्यास ह्वारह्वारर्ती आएर पनि कालोबजारी भएको हो भने ति कालोबजारी गर्नेलाई कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाइको सरकारलाई ?’

यस्तै उहाँले सरकारी कार्यालयमा अनलाइन सेवा भनिए पनि सर्भर बिग्रेको बिग्रियै गर्दा नागरिकले झन् सास्ती पाउने गरेको बताउनुभयो।

प्रसाईंले जनताले नयाँ सरकारमा चिल्ला र ह्याण्डसम अनुहार नखोजेको बताउँदै जनताले नयाँ चरित्र र व्यवहार खोजेको बताउनुभएको छ ।