logo
२०८३ श्रावण ५, मंगलबार |
📰
🔍

साताको पहिलो कारोबारमै नेप्सेमा ४१.७० अंकको उछाल, कारोबार ५ अर्ब ५१ करोड रुपैयाँ नाघ्यो

प्रभातफेरी अनलाइन२४ पटक पढिएको प्रकाशित मिति: १८ घण्टा अघि (१८ घण्टा अघि)
साताको पहिलो कारोबारमै नेप्सेमा ४१.७० अंकको उछाल, कारोबार ५ अर्ब ५१ करोड रुपैयाँ नाघ्यो

काठमाडौं, साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेर २,७१९.२४ विन्दुमा पुगेको छ।

यस दिन ३४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर ६७ हजार १५५ पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको, ३२ कम्पनीको घटेको तथा ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।