प्रभातफेरी अनलाइन१० पटक पढिएको प्रकाशित मिति: ४ घण्टा अघि (४ घण्टा अघि)
काठमाडौं, सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्तावित ३ प्रतिशत समता कर हालका लागि लागू नगर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार सामाजिक सञ्जालमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार समता करको उद्देश्य दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत र विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु तथा आवश्यक आर्थिक स्रोत जुटाउनु थियो।
यद्यपि, उक्त करले आमनागरिकमा थप आर्थिक भार पर्ने र असन्तुष्टि बढ्ने देखिएकाले हालका लागि लागू नगर्ने निर्णय गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। उनले नागरिकको प्रतिक्रियाप्रति सरकार गम्भीर रहेको र आवश्यक परे निर्णय सच्याउन सरकार सधैँ तयार रहने पनि उल्लेख गरेका छन्।