logo
२०८३ श्रावण ५, मंगलबार |
📰
🔍

नेपाल–रुस सम्बन्ध थप विस्तारको प्रशस्त सम्भावना छ : वर्षमान पुन

प्रभातफेरी अनलाइन१४ पटक पढिएको प्रकाशित मिति: ४ घण्टा अघि (४ घण्टा अघि)
नेपाल–रुस सम्बन्ध थप विस्तारको प्रशस्त सम्भावना छ : वर्षमान पुन

काठमाडौं,  नेकपा नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल र रुसबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन्।

नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित रसियन कल्चर सेन्टरमा आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै उनले शिक्षा, विज्ञान–प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायत क्षेत्रमा भएको सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको बताए।

पुनले नेपालको विकासको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण र औद्योगिकीकरणमा रुसले गरेको सहयोग उल्लेखनीय रहेको स्मरण गर्दै रुसमा अध्ययन गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य क्षेत्रमा देश निर्माणमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरे।

उनले नेपाल–रुसबीच व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, शिक्षा, विज्ञान, प्रविधि, नवप्रवर्तन, कृषि र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको बताए।

उनका अनुसार नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विगतका उपलब्धिको उत्सव मात्र नभई भविष्यमा द्विपक्षीय सहकार्यलाई अझ मजबुत बनाउने अवसर पनि हो।