प्रभातफेरी अनलाइन१३ पटक पढिएको प्रकाशित मिति: १० घण्टा अघि (१० घण्टा अघि)
काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन साहले फेसबुकमार्फत कर फिर्ताको घोषणा गरेकोप्रति आपत्ति जनाएका छन्।
उनले कर फिर्ताको निर्णय सही हुन सक्ने भए पनि कानुनी प्रक्रिया मिचेर स्वेच्छाचारी ढंगले अघि बढ्न नहुने बताए। लोकतान्त्रिक व्यवस्था र संवैधानिक अभ्यासलाई सामाजिक सञ्जालमार्फत प्रतिस्थापन गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ।
प्रधानमन्त्री बालेन साहले मंगलबार फेसबुकमार्फत सरकारले ‘समता कर’ फिर्ता गर्ने घोषणा गरेका थिए। तर कर फिर्ताको निर्णय मन्त्रिपरिषद्बाट पारित भई संसद्लाई जानकारी गराएपछि राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र कार्यान्वयनमा आउँछ।
सरकारले आज बस्ने मन्त्रिपरिषद् बैठकबाट कर फिर्ताको औपचारिक निर्णय गर्ने तयारी गरेको छ। महामन्त्री पौडेलले सरकारले विद्युत्मा लगाएको अतिरिक्त कर पनि हटाउनुपर्ने माग गरेका छन्।