logo
२०८३ श्रावण २०, बुधबार |
📰
🔍

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ श्रावण ९, शनिबार
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पदबाट राजीनामा दिएका छन्। शनिबार (साउन ९) बसेको प्रदेशसभा बैठकमा उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।

राजीनामा घोषणा गर्दै कँडेलले सत्तासाझेदार दुई दलबीच भएको सहमति कार्यान्वयनका लागि आफूले निरन्तर पहल गरेको बताए। उनले दुई दलबीचको सहमतिको अवधि सकिएसँगै राजनीतिक विश्वासको वातावरण कमजोर बन्दै गएको र त्यसकै परिणामस्वरूप अविश्वासको प्रस्ताव दर्ता भएको उल्लेख गरे।

उनले प्रदेशको राजनीति अत्यन्त अस्थिर बन्दै गएको टिप्पणी गर्दै विश्वास र अविश्वासबीचको दूरी निकै छोटो भएको बताए। “एक दिनअघि विश्वास हुने, अर्को दिन अविश्वास हुने अवस्था सिर्जना भएको छ,” उनले भने। साथै, आफ्नो कार्यकालमा सरकारमाथि अनावश्यक आँच नआउने वातावरण बनाउन सकेको दाबी पनि गरे।