logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घट्यो, ११ महिनामा १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ मात्र

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घट्यो, ११ महिनामा १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ मात्र

काठमाडौं, नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ३९.३ प्रतिशतले घटेको छ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठ मसान्तसम्म नेपालले १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ। यसमध्ये ४० अर्ब ८८ करोड रुपैयाँ अनुदान र ९३ अर्ब ९५ करोड रुपैयाँ ऋण रहेको मन्त्रालयले जनाएको छ।

यसअघिको आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा नेपालले २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षमा सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घटेको देखिएको हो।

अघिल्लो आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये ६९.७ प्रतिशत ऋण र ३०.३ प्रतिशत अनुदान रहेको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ। चालु आर्थिक वर्षमा पनि सहायता प्रतिबद्धतामा ऋणको हिस्सा अनुदानभन्दा बढी रहेको देखिएको छ।