logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

गौरीफन्टा नाकामा सीमा सुरक्षाका लागि ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | १ घण्टा अघि
गौरीफन्टा नाकामा सीमा सुरक्षाका लागि ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

काठमाडौं, नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन कैलाली–कञ्चनपुरको गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ (बिआइटी) परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित गौरीफन्टा सीमानाकामा आयोजित कार्यक्रममा टोली परिचालनको घोषणा गरेका हुन्।

सादा पोसाकमा खटिने उक्त टोलीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सूचना सङ्कलन तथा नागरिकसँग समन्वय बढाउने काम गर्ने जनाइएको छ।

सशस्त्र प्रहरीले सीमा सुरक्षालाई कडा बनाउँदै नागरिकमैत्री सेवा र सहज आवतजावतबीच सन्तुलन कायम गर्न बिआइटी अवधारणा अघि बढाएको जनाएको छ। हाल गौरीफन्टासहित देशका विभिन्न छ जिल्लाका सीमा क्षेत्रमा यस्ता टोली परिचालन गरिएको छ।