logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

हेटौंडामा यातायात कार्यालय नजिक ४१ वर्षीय पुरुष मृत फेला

प्रभातफेरी अनलाइन७ पटक पढिएको | ४१ मिनेट अघि
हेटौंडामा यातायात कार्यालय नजिक ४१ वर्षीय पुरुष मृत फेला

काठमाडौं, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार मृतक थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेका छन्। घटनाबारे परिवारलाई जानकारी गराइएको छ।

घटनाको अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको प्रहरीले जनाएको छ।