logo
२०८३ श्रावण १३, बुधबार |
📰
🔍

सुर्खेतमा मुस्ताङ जिप दुर्घटना, १२ जना घाइते; ४ जनाको अवस्था गम्भीर

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ श्रावण १२, मंगलबार
सुर्खेतमा मुस्ताङ जिप दुर्घटना, १२ जना घाइते; ४ जनाको अवस्था गम्भीर

काठमाडौं, सुर्खेतको लेकबेँसी नगरपालिका–५ र ६ को सिमानास्थित हलकण्डरामा यात्रुबाहक मुस्ताङ जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

आज बिहान १०:०० बजे हलकण्डरा डाँडागाउँबाट दशरथपुरतर्फ जाँदै गरेको भे१ख ५४० नम्बरको जिप उकालोमा अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनामा लेकबेँसी–६ का २२ वर्षीया सुष्मा कार्की, ७० वर्षीया अमृता कार्की, २६ वर्षीया तिल्सरा सिरिस र ७० वर्षीया खगीसरा विक गम्भीर घाइते भएका छन्। उनीहरूको छाती, ढाड तथा शरीरको भित्री भागमा चोट लागेको र उपचारका लागि माया नर्सिङ होम, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

अन्य घाइतेमध्ये केहीको माया नर्सिङ होममा र सामान्य घाइतेहरूको स्थानीय दशरथपुर मेडिकलमा उपचार भइरहेको छ।