प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं, वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिको विवादका बीच पर्साका प्रहरी प्रमुख एसपी सुदीप पाठकलाई जिम्मेवारीबाट हटाइएको छ।
गृह मन्त्रालयले एसपी पाठकलाई मन्त्रालयमा तानेर काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईलाई पर्साको नयाँ प्रहरी प्रमुखका रूपमा सरुवा गरेको हो।
केही दिनअघि नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको घटनापछि चिकित्सक र एसपी पाठकबीच विवाद चर्किएको थियो।
घटनाको विरोधमा नेपाल चिकित्सक संघ ले देशभर आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा बन्द गर्दै दोषीमाथि कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा जिम्मेवार अधिकारीमाथि कारबाहीको मागसहित आन्दोलन जारी राखेको छ।