प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं, जबरजस्ती करणी मुद्दामा फरार रहेका भोजपुरका ३२ वर्षीय जनक राईलाई इन्टरपोलको रेड नोटिसका आधारमा कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
नेपाल प्रहरीको इन्टरपोल शाखाका अनुसार एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ चैत १९ गते राईविरुद्ध रेड नोटिस जारी गरेको थियो। त्यसपछि एनसीबी कतार (दोहा) को समन्वयमा उनलाई कतारमा पक्राउ गरिएको हो।
राईलाई सम्बन्धित मुद्दामा कानुनी कारबाहीका लागि बुधबार नेपाल फिर्ता ल्याई जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ।