logo
२०८३ श्रावण १३, बुधबार |
📰
🔍

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ श्रावण १२, मंगलबार
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संशोधित व्यवस्थाविरुद्ध रिट दायर गरेका हुन्।

रिटमा टेण्डर आह्वान गर्दा पत्रपत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था हटाइएकाले सञ्चारमाध्यमहरू आर्थिक संकटमा पर्न सक्ने जिकिर गर्दै उक्त संशोधन खारेज गर्न माग गरिएको छ।