logo
२०८३ श्रावण १३, बुधबार |
📰
🔍

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण १३, बुधबार
नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै

काठमाडौं, विश्व बाघ दिवसको अवसरमा सार्वजनिक गरिएको पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले सन् २०२२ को ३५५ बाट बाघको सङ्ख्या उल्लेखनीय रूपमा बढेको जनाएको हो।

पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० बाघ रहेका छन्।

मन्त्रालयका अनुसार बासस्थानको सुधार, संरक्षण प्रयास र सिकार प्रजातिको वृद्धिका कारण बाघको सङ्ख्या बढेको हो। नेपालमा सन् २००९ देखि प्रत्येक चार वर्षमा बाघ गणना हुँदै आएको छ।