प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ श्रावण १४, बिहिबार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले वर्तमान परिस्थितिबारे कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बिहीबार भएको छलफलमा सभापति लामिछानेले सांसदहरूलाई आफ्नो जिल्ला फर्किएर जनतासँग प्रत्यक्ष संवाद गर्न तथा सामाजिक सद्भाव कायम गर्ने पहल गर्न निर्देशन दिएका हुन्।
रास्वपाका प्रतिनिधिसभा सदस्य अशोक चौधरीका अनुसार सभापति लामिछानेले वर्तमान परिस्थितिमा जनतामाझ पुगेर शान्ति, सद्भाव र आपसी विश्वास कायम गर्न सक्रिय भूमिका खेल्न सांसदहरूलाई पुनः आग्रह गरेका छन्।