logo
२०८३ आश्विन ५, सोमबार |
📰
🔍

सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणः विष्णु पौडेलको हिरासत पाँच दिन थपियो

प्रभातफेरी अनलाइन७१ पटक पढिएको | २०८३ अषाढ २४, बुधबार
सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणः विष्णु पौडेलको हिरासत पाँच दिन थपियो

काठमाडौँ ,  नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार म्याद थप गर्ने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान आवश्यक रहेको भन्दै पौडेललाई बिहीबार विशेष अदालतमा उपस्थित गराएर म्याद थपको माग गरेको थियो।