logo
२०८३ श्रावण २०, बुधबार |
📰
🔍

शेखर कोइरालाको अपिल: संयम अपनाऔं, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाऔं

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | २०८३ श्रावण १५, शुक्रबार
शेखर कोइरालाको अपिल: संयम अपनाऔं, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाऔं

काठमाडौ / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै पक्षलाई संयम अपनाई सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेका छन्। उनले नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै आवेग र उत्तेजनाभन्दा संयम, विवेक र आपसी संवाद नै वर्तमान परिस्थितिको उचित समाधान भएको बताएका छन्।

कोइरालाले राजनीतिक नेतृत्व, धार्मिक गुरु र नागरिक समाजलाई शान्ति तथा सहिष्णुता कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत घृणा फैलाउने गतिविधि रोक्न र समाजलाई जोड्ने सकारात्मक सन्देश प्रवाह गर्न अपिल गरेका छन्। साथै, घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् र उपचारमा राज्यले कुनै कमी हुन नदिनुपर्नेमा जोड दिएका छन्।