logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्यातजन्य उद्योगीहरूसँग छलफल

प्रभातफेरी अनलाइन४४ पटक पढिएको | २०८३ श्रावण ८, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्यातजन्य उद्योगीहरूसँग छलफल

काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी थिए।

छलफलमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे विचार–विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुदृढ बनाउन निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवादलाई प्राथमिकता दिँदै आएका छन्।