logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाँदै, मृतकका परिवारसँग भेट्ने

प्रभातफेरी अनलाइन२९ पटक पढिएको | २०८३ श्रावण १४, बिहिबार
गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाँदै, मृतकका परिवारसँग भेट्ने

काठमाडौँ / गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेपछि उनी सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार मन्त्री गुरुङले साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता तथा उपचारका क्रममा आज निधन भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नेछन्।

गृहमन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जाने कार्यक्रम रहेको छ। मन्त्री मेहताको गृह जिल्ला पनि सुनसरी हो।