logo
२०८३ श्रावण १९, मंगलबार |
📰
🔍

नेप्से १.२० अंकले घट्यो

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ श्रावण १८, सोमबार
नेप्से १.२० अंकले घट्यो

काठमाडौं / साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा बन्द भएको छ।

आज ३४९ कम्पनीका १ करोड १४ लाख कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ। कारोबारमा १२६ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभर उतारचढावपूर्ण रहेको बजार अन्ततः रातो रङमा बन्द भएको हो।

समूहगत परिसूचकमा उल्लेखनीय उतारचढाव देखिएन। आज इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक १४.९९ प्रतिशत लाभ कमाएका छन् भने रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य सर्वाधिक ७.४० प्रतिशतले घटेको छ।