प्रभातफेरी अनलाइन९ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछिन्।
बैठकमा नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसैगरी, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभामा पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।