logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

प्रभातफेरी अनलाइन२५ पटक पढिएको | २०८३ श्रावण १९, मंगलबार
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समसामयिक राजनीतिक अवस्था, महाधिवेशनको तयारी तथा पार्टीका विभिन्न तहका अधिवेशनबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक साउन २० गते बुधबार दिउँसो १२ बजे बस्नेछ। बैठकमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी र पार्टीका सबै तहका अधिवेशनलगायतका विषयमा छलफल हुने एजेन्डा तय गरिएको छ।