प्रभातफेरी अनलाइन३६ पटक पढिएको | २०८३ श्रावण १९, मंगलबार
काठमाडौँ / प्रतिनिधिसभाको बैठकमा विभिन्न दलका सांसदहरूले तराई–मधेसमा खडेरी, मल र ग्यास अभाव, डुबान, विपद्, खानेपानी, सडक, विद्युत् तथा सामाजिक सद्भावलगायत समसामयिक जनसरोकारका विषय उठाएका छन्।
शून्य समयमा बोल्दै सांसदहरूले मधेसमा लामो समयदेखि वर्षा नभएकाले खेती प्रभावित भएको, भारतले निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको, ग्यास र मलको अभाव, कान्ति लोकपथको मार्ग परिवर्तन, देवानगञ्ज घटनाको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, भूमिहीनको समस्या समाधान, खानेपानी, विद्युत्, विपद् व्यवस्थापन र निर्मल पुर्जाको योगदानको उचित सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।