logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

प्रभातफेरी अनलाइन२९ पटक पढिएको | २०८३ श्रावण २०, बुधबार
रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

काठमाडाैं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीका अनुसार अभियान आगामी साउन २५ गतेदेखि केन्द्रीय कार्यालय घण्टीघरबाट सुरु हुनेछ। रास्वपाका सहमहामन्त्री हरि ढकालले यसअघि साउन १३ गते बसेको केन्द्रीय समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।

अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र अमूल्य सुझाव सुन्न तथा आवश्यक सहजीकरण गर्न प्रत्येक दिन केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यमध्ये दुई जनाको नियमित उपस्थिति अनिवार्य गरिएको रास्वपाले जनाएको छ।