logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

एमालेले पार्टी सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने

प्रभातफेरी अनलाइन३३ पटक पढिएको | २०८३ श्रावण २१, बिहिबार
एमालेले पार्टी सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने घोषणा गरेको छ।

‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प्रदेश कमिटीले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको सदस्यतासम्बन्धी कार्यशालामा उक्त कार्ययोजनाबारे जानकारी दिइएको हो।

पार्टीले जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउँदै संगठनलाई तल्लो तहसम्म सक्रिय र गतिशील बनाउने उद्देश्यसहित डिजिटल सदस्यता प्रणाली लागू गर्न लागेको जनाएको छ।

यसैबीच, नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि वडा तथा पालिका स्तरमै नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि एमालेले गरेको छ।