प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ श्रावण २६, मंगलबार
काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
गत आइतबारदेखि जारी बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारीसँगै समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ।
बैठकमा खाना पकाउने ग्यासको सहज आपूर्ति, रासायनिक मलको उपलब्धता, किसानका उत्पादनको बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण तथा ऊर्जा नीतिलगायत विषयमा पनि छलफल भएको कांग्रेसले जनाएको छ।
पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए भने बाँकी सदस्यहरूले आज धारणा राख्नेछन्।