logo
२०८३ श्रावण ३०, शनिबार |
📰
🔍

परराष्ट्रमन्त्री खनालद्वारा भारतको स्वतन्त्रता दिवसमा शुभकामना

प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
परराष्ट्रमन्त्री खनालद्वारा भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौँ / परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय विदेशमन्त्री एस. जयशंकर, भारत सरकार तथा भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

उनले नेपाल र भारतबीच गहिरो ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनस्तरीय सम्पर्क र बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन्।