प्रभातफेरी अनलाइन१० पटक पढिएको | ४० मिनेट अघि
काठमाडौं / सडक अनुगमनका लागि सुदूरपश्चिम प्रदेश पुगेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको स्वास्थ्यमा समस्या देखिएको छ।
आइतबार दार्चुला हुँदै बैतडी पुगेका मन्त्री लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।
मन्त्री लम्साललाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर बैतडीका लागि उडिसकेको जनाइएको छ। उनी सडक अनुगमनका क्रममा डोटी र दार्चुला हुँदै बैतडी पुगेका थिए।