logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

भारतीय स्थल सेना प्रमुख सेठले आज प्रधानमन्त्री बालेनसँग भेट गर्ने

प्रभातफेरी अनलाइन३२ पटक पढिएको | २०८३ भाद्र २, मंगलबार
भारतीय स्थल सेना प्रमुख सेठले आज प्रधानमन्त्री बालेनसँग भेट गर्ने

काठमाडौँ / भारतीय स्थल सेना प्रमुख धिरज सेठले आज प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्री शाहसँग भेट गरेपछि प्रमुख सेठ भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाडौँ आएका थिए।