प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ भाद्र २, मंगलबार
काठमाडौं / नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच आजदेखि औपचारिक वार्ता सुरु भएको छ।
महाअभियानले अघि सारेका माग सम्बोधनका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो।
सरकारले सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा गृह, अर्थ तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य रहेको वार्ता टोली गठन गरेको थियो।
सरकारको आह्वानपछि महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले पनि विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरी पठाएका छन्। दुवै पक्षले वार्ता टोली गठन गरेसँगै महाअभियानका मागबारे औपचारिक संवाद अघि बढेको हो।