logo
२०८३ भाद्र ३, बुधबार |
📰
🔍

रास्वपा संसदीय दलको बैठक जारी

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ भाद्र ३, बुधबार
रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौं / सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ। बुधबार मध्याह्नदेखि सुरु भएको बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह भने सहभागी भएका छैनन्।

बैठकमा रास्वपा सभापति रवि लामिछानेसहित पार्टीका पदाधिकारी, मन्त्री तथा सांसदहरू सहभागी छन्। पछिल्लो समय रास्वपाकै केही सांसदले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आएपछि सभापति लामिछानेले मन्त्री र सांसदहरूको संयुक्त बैठक बोलाएका हुन्।