logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

फ्रान्समा शक्तिशाली टोर्नाडो, ३०० घरमा क्षति, ४१ जना घाइते

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | १ घण्टा अघि
फ्रान्समा शक्तिशाली टोर्नाडो, ३०० घरमा क्षति, ४१ जना घाइते

एजेन्सी / दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा आएको शक्तिशाली टोर्नाडोले ठूलो क्षति पुर्‍याएको छ। आँधीका कारण करिब ३०० घरमा क्षति पुगेको छ भने ४१ जना घाइते भएका छन्।

स्थानीय अधिकारीका अनुसार घाइतेमध्ये १५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। करिब एक हजार जनसङ्ख्या रहेको पोमासमा आँधीले घरका छाना उडाउनुका साथै विभिन्न संरचनामा क्षति पुर्‍याएको छ।

घटनास्थलमा १२० भन्दा बढी उद्धार तथा आपत्कालीन कर्मचारी परिचालन गरिएको छ। घर भत्किँदा एक गर्भवती महिला घाइते भएको उनका श्रीमान्ले बताएका छन्।

आँधीका कारण दक्षिणपश्चिमी फ्रान्सका केही क्षेत्रमा विद्युत् आपूर्ति र यातायात सेवा समेत प्रभावित भएका छन्।