logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

एउटा भवन, हजारौंको आशा: प्राधाङ्गको अनुकरणीय योगदानले बाँच्ने छन् कति जीवन

प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
एउटा भवन, हजारौंको आशा: प्राधाङ्गको अनुकरणीय योगदानले बाँच्ने छन् कति जीवन

काभ्रे / Scheer Memorial मा नयाँ OPD भवन हस्तान्तरण, स्वास्थ्य सेवामा थप सहजता, गाउँबाट उपचार गर्न आएकी आमाले अब लाइनमा घण्टौं बस्नु पर्दैन। Scheer Memorial Adventist Hospital ले आजबाट नयाँ OPD भवनबाट सेवा विस्तार गर्दैछ।

“JAD SADAN – Pradhan Memorial Medical Arts Building” नाम दिइएको ४ तले भवनले अस्पतालको बहिरङ्ग सेवा थप व्यवस्थित बनाउने अपेक्षा यस क्षेत्रमा समर्पितजनको छ।

“दाताको उद्देश्यमा आँच आउन नदिने गरी सेवा दिन्छौं” अस्पताल ब्याबस्थापन,

दाताको विरासत: प्राधाङ्गको नाममा बनेको भवन

यो भवन दाता इ. राजभाई प्राधाङ्गको स्मृतिमा बनेको हो। उहाँले बनाएका सयौं भवन मध्ये एउटा र स्याहारेका हजारौं विद्यार्थी मध्ये Scheer पनि एउटा भएको छ ।

आज पनि उहाँले हजारौं असहाय/अनाथ बालबालिकालाई छात्रवृत्ति दिइरहनुभएको छ।

” भवन बनाउँछु, तर त्यसमा मान्छे बाँच्नुपर्छ” भन्ने उहाँको महान सोचकै कारण यो भवन केवल इट्टा र सिमेन्ट मात्रै रहेन, सेवाको अनुकरणीय प्रतीक बन्यो ।

 

नयाँ भवन र सेवाको बारेमा डाक्टर सविन चौलागाईं थप्नु हुन्छ : समयको आवस्यकतालाई इन्जिनियर ज्युले सम्बोधन गरिदिनु भएको छ । दिनप्रतिदिन चिकित्सा क्षेत्रमा नयाँ नयाँ आविस्कार भएका छन् । त्यसलाई सम्बोधन गर्न सकियो भने मात्र सेवाग्राहिको आवस्यकता र उपादेयता पुष्टि गर्नको लागि भौतिक पुर्वाधारको महत्वपूर्ण योगदान हुन्छ । आज इन्जिनियर राजभाई प्रधाङ्ग ज्युले मानवको सामाजिक दायित्व भित्र मानवीय सेवा गर्नु भएको छ । यो योगदानले शिरको सेवाप्रवाहमा अनुकरणीय भुमिका खेल्ने छ भन्ने बिश्वास लिएको छु ।

नियमित तथा विशिष्टकृत स्वास्थ्य सेवा अझ सशक्त रूपमा आधुनिक र सुबिधासम्पन्न भवनबाट सेवाग्राहीमाझ प्रवाह गर्न सहज हुनेछ। साधन र स्रोतको अभाव भैरहने हाम्रो जस्तो मुलुकमा उदार र दानी दाताहरूको सामयिक सहयोग सदैव सान्दर्भिक रहनछ।

“भवनले उपचार दिन्छ, छात्रवृत्तिले भविष्य दिन्छ”

खानिखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ “छिन्ताङ” भन्नुहुन्छ, “२०१३ सालमा दाताको घरको मजेरीबाट सुरु भएको स्वास्थ्य सेवा आज अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा पुगेको छ। यो हाम्रो लागि गौरवको विषय हो।”

“त्यति बेला बा, हजुरको कुराले काभ्रे मात्रै होइन, बाहिर मुलुकका नागरिकले पनि सुविधा पाएका थिए। त्यो योगदानको जति चर्चा गरे पनि अपुग हुन्छ” अध्यक्ष थिङले सम्झनुभयो।

बिरामीको कथा र छात्रवृत्ति पाउने बालबालिकाको कथा जोडेर हेर्दा एउटै कुरा प्रष्ट हुन्छ – भवनले उपचार दिन्छ, छात्रवृत्तिले भविष्य दिन्छ।

हिजोको बिरासतलाई यो भवनले एक पटक फेरि जिवन्त बनाएको छ भन्दा फरक पर्दैन ।आशा छ सेवाग्राहीको मन जित्ने सेवा भए दाताको मन नपग्लेला भन्न सकिन ?

अस्पतालका जनसम्पर्क अधिकृत पुकार श्रेष्ठका अनुसार यो भवनबाट Internal Medicine, Surgery, Orthopedic, Pediatric, Gynecology, Dermatology, ENT, Dental, Dietician, Diabetes, Oncology, Cardiology जस्ता OPD क्लिनिक र रजिस्ट्रेशन सेवाहरू पहिलो प्राथमिकतामा सञ्चालन हुनेछन्।