प्रभातफेरी अनलाइन६९ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
रसुवा / रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ। प्रहरीका अनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो।
सबैभन्दा धेरै शव चितवनको नदी तटीय क्षेत्रमा भेटिएका छन्। चितवनमा मात्रै ६९ जनाको शव फेला परेको छ।
बागमती प्रदेशका विभिन्न जिल्लामा गरी हालसम्म १०६ जनाको मृत्यु भएको पुष्टि भएको छ। रसुवामा १६, नुवाकोटमा १२, धादिङमा २७, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।