logo
२०८३ आश्विन २७, मंगलबार |
☰
📰
🔍
✕

बाढीपछि नेपाललाई सहयोग गर्ने बङ्गलादेशको प्रतिबद्धता

प्रभातफेरी अनलाइन३७ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
बाढीपछि नेपाललाई सहयोग गर्ने बङ्गलादेशको प्रतिबद्धता

काठमाडौं / परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा नेपालमा बुधबार आएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको छ। बङ्गलादेशका विदेशमन्त्री रहमानले विपद्को यस घडीमा बङ्गलादेश नेपालसँगै रहेको भन्दै आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।

परराष्ट्रमन्त्री खनालले नेपाललाई सहयोग गर्ने प्रस्तावप्रति बङ्गलादेश सरकारलाई धन्यवाद दिँदै सहयोगका विषयमा निकट समन्वय कायम राख्ने बताएका छन्।

नेपालका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला दुई देशका परराष्ट्रमन्त्रीबीच उक्त टेलिफोन वार्ता भएको हो।